• २४ चैत २०८२, मङ्गलबार

प्रतिनिधिसभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

blog

सिंहदरबारमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागीहरू । तस्बिर : रत्न श्रेष्ठ

काठमाडौँ,  चैत २४ गते ।  प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्ने छ । रासस