रेखीराम राना
तानसेन, चैत १८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पा शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको सोमबार तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
शाखाको उपाध्यक्षमा एवतकुमार सारु, सचिवमा धनबहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल रहनुभएको छ । यस्तै, सदस्यहरूमा होम राईमगर, पुनाराम सुनारी, विमल कुमाल, रुपा थापा र प्रेमकान्छा राईलाई सदस्यमा चयन गरिएको छ ।
अधिवेशनले केन्दीय प्रतिनिधिमा देवबहादुर पचभैया, निवर्तमान अध्यक्ष रनबहादुर कुमाल, राजेन्द्र लिगल, मिना कुमारी कुमाल र रुपा थापालाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा दानबहादुर हिस्की, दिलबहादुर गाहा, यमबहादुर थापा रहनु भएको छ ।
पदभार ग्रहण गर्नुहुँदै नव निर्वाचित अध्यक्ष रानाले आदिवासी जनजातिका मुद्दासँगै समग्र नेपाली पत्रकारिताको हितमा संगठनले काम गर्ने बताउनुभयो ।