धारिलो हतियार प्रहार गरी हत्या
दैलेखमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका –१३ खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
देशमा भूमिसम्बन्धी काम २०३५/३६ सालदेखि नै शुरुआत भए पनि अनेक समस्याहरु यथावत देखिन्छन् । केही वर्षअघि मुलुकको भूउपयोग नीति लागू भए पनि त्यसको सही किसिमले कार्यान्वयन नहुँदा भूमिको उपयोगमा अझै विभिन्न समस्याहरु रहेका छन् ।
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो ।
प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास
नेपाल र चीनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशको आपसी सम्वन्ध र सहकार्यलाई थप उचाइमा पुगाउने बिश्वास ब्यक्त गर्नुभएको छ ।
तत्काल मन्त्री हेरफेरको कुरा अहिलेसम्म हल्ला मात्रै हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले तत्काल मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको बताउनुभएको छ ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
लैङ्गिक हिंसामा परेका अधिकांशमा मानसिक समस्या
यौन हिंसा लगायत लैङ्गिक हिंसामा परेका अधिकांशमा मनोसामाजिक समस्या देखिने गरेको छ । मानसिक अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा आउने अधिकांश यौन तथा लैङ्गिक हिंसामा परेकामा मनोसामाजिक समस्या देखिने गर्छ ।
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् ।
गाउँ फर्कनुभएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान
सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।
अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।
गुमनाम बन्दै हुलाक
कुनै समय सञ्चार र खबर आदानप्रदानको सबैभन्दा छिटो र भरपर्दो माध्यम हुलाक गुमनाम हुँदै गएको छ ।
आगलागीबाट खोटाङमा एक घर जलेर नष्ट
खोटाङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका इन्द्रबहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको हो ।
पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो ।
दुर्घटना रोक्न रिफ्लेक्टिभ स्टिकर
नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगैं बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।
ट्रक दुर्घटनामा चालक घाइते
पाल्पामा ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जाको गल्याङ् –८ का २४ वर्षीय सन्दिप सुनारी रहनुभएको छ ।
बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
यो वढाङ्मी (पापनी) नाचमा गाइने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल सहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ ।
दार्चुलाको छाङरुमा खानेपानी पुग्ने
सौका समुदायको बसोबास रहेको दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो ।
चितवनमा धान उत्पादन घट्यो
गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।
युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।
जीर्ण बन्दै ऐतिहासिक रानीपौवा धर्मशाला
म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरी दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिरः रासस
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।
मोटरसाइकल पुलमा ठोक्किँदा एकको मृत्यु
कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।