भक्तपुर, चैत १५ गते । पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।
कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले प्रशोधन कम्पनीमा प्रवेशगरी अपरान्ह आगजनी गरेका थिए । आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी ६ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुणयन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जम्मा छ वटा दमकलले राति ९ बजे आगो निभाएर फर्कियौँ ।” उहाँले सन्चोलगायत जडिबुटीका औषधी बनाउँदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताउनुभयो । आगो निभाउन गएको जद्ध बारुणयन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिनुभयो । रासस