गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १६ गते । क्यामेरा पर्सन सुरेश रजक सदा जस्तै शुक्रबार बिहान एभिन्युज टेलिभिजनको कार्यालयमा पुग्नुभयो । नियमित छलफलपछि उहाँलाई समाचार कक्षबाट निर्देशन आयो, “आज विशेष सामग्री तयार हुन्छ, आन्दोलनको एक्सक्लुसिभ भिडियो गर्नू ।”
टेलिभिजनको बिहानी बैठकमा प्रायः नआउने एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकार पनि सहभागी हुनुहुन्थ्यो । उहाँको निर्देशन थियो, “राजाको पक्षमा आन्दोलन उठ्दै छ । एक्सक्लुसिभ चाहिन्छ । मेक इट बेस्ट ।”
टेलिभिजनका सञ्चालककै ठाडो निर्देशनपछि क्यामेरा पर्सन रजक तीनकुनेतिर लाग्नुभयो । कार्यालयबाट क्यामेरासहित आवश्यक सामग्री र साहुजीको निर्देशनको भारी बोकेर रजक समाचारदाताका साथ तीनकुने पुग्नुभयोे । कार्यव्रmम सुरु भयो तर त्यति नै बेला तीनकुने उत्तरतर्फ प्रदर्शनकारीले प्रहरीमाथि निर्मम ढुङ्गामुढा सुरु गरे । त्यसपछि प्रहरीले प्रहार गरेको अश्रुग्यास कार्यव्रmम स्थलमै पुग्यो ।
दुर्गा प्रसाईं, रवीन्द्र मिश्रसहितका अगुवा कार्यक्रम स्थलबाट भागेपछि प्रदर्शनकारीसँग प्रहरीको मुठभेड बढ्दै गयो । अराजनीतिक पृष्ठभूमिका दुर्गा प्रसाईं र कुनै समय नेपाललाई भारतमा गाभ्नु पर्छ भनेर अभिव्यक्ति दिने रवीन्द्र मिश्रहरू भागेपछि कार्यक्रम स्थल रणभूमिमा परिणत भयो ।
मिडिया उद्यमी भाष्करराज राजकर्णिकारले बिहीबार मात्रै राजसंस्था पक्षधरको शुव्रmबार हुने आन्दोलनलाई समर्थन गर्दै उहाँकै भाषामा ‘बृहत् अन्तव्रिर्mयात्मक भेला’ आयोजना गर्नुभयो । पहिलो नम्बरमै उहाँले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा ‘पछिल्लो समयमा विभिन्न मागसहित आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घ संस्था तथा सम्पूर्ण सरोकारवाला पक्षसँग अपिल गरिएको छ ।
उक्त भेलामा अधिकांश राजसंस्था पक्षधर सहभागी थिए र भेलापछि जारी विज्ञप्तिमा गणतन्त्रलाई चुनौती दिँदै वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासा र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजप्रति ऐक्यबद्धता प्रकट गरिएको छ । साथै जनताका शान्तिपूर्ण आवाज र मागविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल प्रयोग नगर्न सचेत गराइएको छ । पत्रकार विनु सुवेदीले लेख्नुभएको छ, “२०६५ जेठ १४ गते एभिन्युज टिभीमा मेरो रिपोर्ट बज्यो र त्यसको निष्कर्ष थियो, दलहरूबिच रातभरमा कुनै असहमति भएन भने भोलि देशमा गणतन्त्रको सुनौलो बिहानी आउने छ । त्यसको केहीबेरमै भाष्करराज राजकर्णिकार जङ्गिँदै आए, कोट झिकेर टेबलमा बजारे र सोधे, को हो यो गणतन्त्रको कुरा गर्ने ?”
गणतन्त्रकै कुरा गर्न नपाइने ठाउँमा काम गर्न हुँदैन भन्ने लागेर मैले तुरुन्तै आइडी कार्ड बुझाएँ, निस्किएँ र त्यसपछि कहिल्यै फर्किइनँ । बरु मैले दुई महिनाको तलब पनि माया मारेँ ।” उहाँले पूर्वराजा पक्षधरको आन्दोलनलाई उकास्दै ठुल्ठुला मान्छेले निकालेको विज्ञप्तिमा राजकर्णिकारको नाम देख्दा मलाई त्यस दिनको याद आएको बताउनुभयो । उहाँको प्रश्न छ, “हुन सक्छ, कर्णिकारले आफ्ना कर्मचारीलाई राजावादीको आन्दोलनकै धेरै फोकस गर्न निर्देशन दिएका थिए ।
सायद हाम्रा सहकर्मी सुरेश रजक त्यही दबाबमा थिए र भाष्करहरूले नै उचालेका अराजकले फुटाएको झ्यालबाट दृश्य कैद गरिरहेका थिए । पत्रकारहरू सधैँ साहु र सम्पादकको दबाबमा हुन्छन् । अर्को मिडियाले एक्स्क्लुसिभ ग-यो भने हामीलाई कुकुरलाई झैँ गाली गर्छन् । पत्रकारले मरेर भए पनि उनीहरूका लागि खत्रा फुटेज ल्याइदिनुपर्ने मान्यता राख्छन् । एभिन्युज यसमा अझ बढी कट्टर छ । त्यो गालीबाट जोगिन सायद सुरेशले जोखिम लिए । त्यसैले प्रहरीले सबैभन्दा पहिले आन्दोलनका नाममा अराजकता उक्साउने भाष्करहरूलाई पक्राउ गरोस् र अरू पत्रकारलाई “सुरेश’ बन्नबाट जोगाओस् !”
घटनाका सन्दर्भमा एभिन्युजका सञ्चालक राजकर्णिकारले सरकारलाई आरोपित गर्नुभयो । फोन सम्पर्कमा उहाँले भन्नुभयो, “हाम्रो टेलिभिजन परिवार अहिले शोकमा छ ।” तर उहाँले विज्ञप्तिमा हस्ताक्षर र क्यामेरा पर्सन रजकलाई किन दबाबपूर्ण रूपमा पठाएको भन्ने प्रश्न गर्दा उत्तर नदिई फोन काट्नुभयो । एभिन्युज समाचार कक्षका अनुसार सञ्चालक कर्णिकारले शुव्रmबार बिहान ‘राजावादी प्रदर्शनलाई सफल बनाउनुपर्ने र एक्स्क्लुसिभ भिडियो चाहिने’ निर्देशन दिनुभएको थियो ।
पत्रकार सङ्घ सङ्गठनको आपत्ति
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक उद्यमीले खटाएका श्रमजीवी पत्रकारको निधनप्रति पत्रकार सङ्घ सङ्गठनले आपत्ति प्रकट गरेका छन् । पूर्वराजाका समर्थकको आन्दोलनबाट उत्साही भाष्करराज राजकर्णिकारको एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको भिडियो खिच्ने व्रmममा राजावादी समर्थक प्रदर्शनकारीले निजी घर जलाउँदा जलेर निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकारलाई घरभित्र भएको अवस्थामा घरमा आगजानी गरेको, कान्तिपुर टेलिभजनमा ढुङ्गामुढा गरिएको, अन्नपूर्ण पोस्टको भवनमा तोडफोड गरेर आतङ्क सिर्जना भएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड भएको विषयलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले यस्ता व्रिmयाकलापमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालले विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनले पत्रकारलाई जिउँदै जलाउनु दुःखद भएको जनाएको छ ।
चौतारीका अध्यक्ष गणेश पाण्डेले राजनीति गलत मानिसको हातमा पुग्दा देशमा वितण्डा मच्चिने गरेको र गलत मानिसको हतमा राजनीति पुग्दा के हुन्छ भन्ने कुरा आज पूर्वराजाका समर्थकले काठमाडौँमा मच्चाएको आतङ्कले पुष्टि गरेको बताउनुभयो । यसैबिच नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनले पत्रकारलाई जिउँदै जलाउनु दुःखद भएको भन्दै घटनाको भत्र्सना गरेको छ ।