• २ वैशाख २०८३, बुधबार

पिएसजी र एट्लेटिको च्याम्पियन्स लिगको सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै पिएसजी र लिभरपुलका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, वैशाख २ गते । पेरिस सेन्ट जर्मेन (पिएसजी) र एट्लेटिको म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मङ्गलबार राति भएको दोस्रो लेगमा पिएसजीले लिभरपुललाई २–० गोलले हरायो । पिएसजीले समग्रमा ४–० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

यस्तै अर्को खेलमा एट्लेटिको बार्सिलोनासँग २–१ गोलले पराजित भएपनि सेमिफाइनलमा पुग्न सफल भयो । एट्लेटिकोले बार्सिलोनालई समग्रमा ३–२ गोलले पछि पारेको हो । 

पिएसजीलाई जिताउन दुवै गोल उस्मान डेम्बेलेले गर्नुभयो । उहाँले ७२औँ र दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्नुभएको हो । यस्तै बार्सिलोनालाई जिताउन लामिन यामलले चौथो र फेरान टोरेसले २४औँ मिनेटमा गोल गर्नुभयो ।

एट्लेटिकोका लागि एडेमोला लूकमनले ३१औँ मिनेटमा गर्नुभएको गोल टोलीको सेमफाइनल यात्रामा निर्णायक बन्यो । एजेन्सी