• १८ चैत २०८१, सोमबार

पूर्वराजावादीको अराजनीतिक प्रदर्शन : दुई जनाको मृत्यु, ठुलो क्षति

blog

काठमाडौँ, चैत १६ गते  । पूर्वराजावादी समूहले काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीको अराजक भिड आगजनी, तोडफोड र लुटपाटमा उत्रिँदा पनि सौम्य रहेर स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यु आदेश गरेसँगै सेना परिचालन गरिएको छ ।

प्रदर्शनकारीले लगाएको आगोमा परी एभिन्युज टेलिभिजनका क्यामेरामेन सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । निजी घर, सवारीसाधनमा आगजनी साथै पसलमा लुटपाटमा भएको क्षतिको आकलन हुन सकेकोे छैन । ५६ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको सो घटनाका केही उत्प्रेरक राज्य नियन्त्रणमा परिसकेका छन् । 

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्साहटमा रहेको समूहले गरेको प्रदर्शनमा प्रसाईं स्वयम्ले सुरक्षार्थ तैनाथ प्रहरीकै हत्या गर्ने उद्देश्यले प्रहरीमाथि नै गाडी चलाउन थालेपछि अवस्था तनावपूर्ण बनेको थियो । राजावादी समूहले शुव्रmबार काठमाडौँको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि उत्तेजित भिड अशान्त र अराजक बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले समान्य बल प्रयोग गर्नुपरेको थियो । गृह मन्त्रालयका अनुसार प्रदर्शनकारी अराजक बनी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनीसँगै लुटपाटमा उत्रिएपछि अवस्था सामान्य बनाउन स्थानीय प्रशासनले आसपासका क्षेत्रमा दिउँसो ४ बजेर २५ मिनेटदेखि शनिबार विहान ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ । 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कफ्र्यु आदेश जारी भएको हो । कफ्र्यु आदेशपछि ती क्षेत्रमा आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ । कफ्र्यु आदेशसँगै स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना पनि परिचालन गरिएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले भन्नुभयो “तीनकुनेमा प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले नै प्रहरीमाथि लक्षित गरी गाडी हुइँक्याउने र निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ । आयोजकले नै प्रदर्शन भड्काउन खोजेको देखिन्छ ।” प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्दै तीनकुने सिनामङ्गल, कोटेश्वर क्षेत्रका निजी घरमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट, समाजवादी पार्टी आलोकनगरको कार्यालयमा पनि ढुङ्गामुढा गरे । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरे । 

प्रदर्शनकारीले तीनकुने निजी घरमा लागेको आगो निभाउन पुगेको जुद्ध वारुणयन्त्रको दमकल, कोटेश्वरमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका लागि प्रयोग गरिने गाडीमा आगजनी गरे । अराजक भिडले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट तोडफोड गरी लुटपाट पनि गरे । राजावादी समूहको प्रदर्शनले हिंसात्मक रूप लिएपछि सुरक्षा अवस्थाबारे सरकारले चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग ब्रिफिङ लिएको थियो । गृहमन्त्री रमेश लेखकसँगै प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले शुव्रmबार साँझ प्रधानमन्त्री निवास बालुवाटर पुगेर घटनाबारे जानकारी गराउनुभयो । 

राजावादीको प्रदर्शन लज्जास्पद 

गृह मन्त्रालयले राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई हिंसात्मक अराजकताको पराकाष्ठा भनेको छ ।  मन्त्रालयले शुव्रmबार पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शनको नाममा गरिएको आगजनी तोडफोड र लुटपाटका घटना सभ्य मुलुकका लागि लज्जाको विषय भएको जनाएको छ । मन्त्रालयका सहसचिव छवि रिजालले राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको र यसमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक समाजमा आफ्ना विचार राख्न पाउने हरेक व्यक्ति र समूहलाई स्वतन्त्रता भए पनि राजावादी समूहले यसको दुरुपयोग गरेकाले उसका आगामी गतिविधिमाथि सरकारले कडा निगरानी राख्ने र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताउनुभयो । आजको यो स्थिति आउनुमा राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं मुख्य जिम्मेवार रहेका उहाँको भनाइ छ । व्यक्तिको मृत्युदेखि सञ्चारगृहहरू तोडफोड, राजनीतिक दलका पार्टी कार्यालय तोडफोड र आगजनी तथा व्यापारिक भवनमा दिनदहाडै लुटपाट, आगजनीका घटना क्षमायोग्य घटना नभएकाले कानुनबमोजिम कारबाही प्रव्रिmया अघि बढाइने उहाँले बताउनुभयो । 

राप्रपा वरिष्ठ नेता मिश्र र महामन्त्री राणा पक्राउ 

प्रहरीले प्रदर्शन भड्काएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको छ । प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं फरार रहेकाले प्रहरीले खोजीकार्य जारी राखेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियानका संयोजक बनाइएका वृद्ध नवराज सुवेदीलाई घरमै नियन्त्रणमा राखेको छ । त्यसै गरी प्रदर्शन भड्काउने मुख्य व्यक्ति स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बूलगायत पाँच जनासमेत प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ 

हिंसात्मक घटनाको छानबिन गरिने 

राजावादी समूहले गरेको प्रदर्शनका व्रmममा गरेको तोडफोड आगजनी तथा लुटपाटका घटनाबारे सरकारले छानबिन गर्ने निर्णय भएको छ । शुव्रmबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदर्शनका व्रmममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हिंसात्मक तथा अराजक गतिविधिप्रति भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्तो घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “शान्तिपूर्ण रूपमा भनी आयोजना गरिएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको दुःखद निधन भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदर्शनमा घाइते हुनुभएका सबै जनाको शीघ्र स्वास्थ्यलाभसहित निःशुल्क स्वास्थ्य व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।’’ मन्त्रीपरिषद् बैठकले अराजक र हिंसात्मक घटनामा सहभागी नहुन पनि सर्वसाधारणलाई अपिल गरेको छ । यस्तै सरकारले म्यानमार केन्द्रविन्दु भएर गएको भूकम्पका कारण थाइल्यान्डलगायतका देशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।