काठमाडौँको सामाखुसीकी निर्मला (नाम परिवर्तन) का २० वर्षीय छोरा आयुष लागुऔषधको कुलतमा पसेको झन्डै पाँच वर्ष भयो । परिवारले आयुषलाई कुलत छुटाउन गरेका अनेक प्रयास सार्थक हुन सकेको छैन । लागुऔषधको कुलत थप बढ्दै जाँदा आयुष चोरी, डकैती, गुन्डागर्दीमा संलग्न भएपछि प्रहरीले पटक पटक पक्रिने, छाड्ने क्रम चल्दै आइरहेको छ । दाङकी सीता ठकुरीका २६ वर्षीय छोरा कमल १४ वर्षकै उमेरमा लागुऔषध कुलतमा मात्र फसेनन्, किशोर अवस्थामै नाबालिका बलात्कारमा संलग्नताको आरोप खेपेका उनी बालसुधार केन्द्रबाट छुटेपछि पुनः लागुऔषधको कुलतमा परे । कमलका कारण ठकुरी परिवारले आर्थिक सामाजिक रूपमा भोगेको समस्या अनगन्ती छन् ।
पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई शनिबार काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो ।
प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ परिचालन हुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलले मङ्गलबार मनकामना मन्दिरको दर्शनपछि राखेको तस्बिरमा ‘सहकारी ठगीको रकम फिर्ता गर्ने बुद्धि मनकामना माताले दिऊन्’ । ‘किर्ते हस्ताक्षर गरेर गरिब जनता ठगेको पाप नलागोस्’ । ‘जय सहकारी’ जस्ता प्रतिक्रियाको ओइरो आयो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चुनावी कार्यक्रमबाट सार्वजनिक गर्नुभएको तस्बिरमा प्रतिक्रिया आयो, ‘बाख्रोले पनि यसपालि घन्टी बजाउने भयो’ । ‘प्रमाण नभएको खाली पानाको भेट किताबसँग’ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग सहभागी एकीकृत सुरक्षा टोली १६५ निर्वाचन क्षेत्रमा परिचालन भएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरण सम्पन्न गर्न भर्ना गरिएका करिब एक लाख ५० हजार निर्वाचन प्रहरीलाई पनि जिम्मेवारी क्षेत्रमा परिचालन गरिएको छ ।
सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना ।
गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समृद्धिमा लम्केको विश्वजगत्, छिमेकी मुलुक भारत र चीनमा भइरहेको तीव्र आर्थिक विकास आफ्नै मुलुकमा देख्ने नेपालीको अभिलाषा पूरा गर्ने गरी काठमाडौँ–तराई/मधेश जोड्ने दु्र्तमार्गले गति लिएको छ ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रदेखि वडा तहसम्म नै संयुक्त संयन्त्र परिचालन गरिने भएको छ । गृह मन्त्रालयले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय सहकार्य गर्नेसम्बन्धी अवधारणा–२०८२ तयार गरी कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले सञ्चालन गर्ने गतिविधि र मुख्य प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनबाट
नवयुवा (जेनजी) आन्दोलनको पहिलो दिन अर्थात् गत भदौ २३ गते संसद् भवनमा ३० वटा शव लुकाइएको भन्दै सामाजिक सञ्जालमा सनसनीपूर्ण भ्रम फैलाइयो । सामाजिक सञ्जालका केही सक्रिय व्यक्तिले फैलाएको यही भ्रामक सन्देशका कारण उत्तेजित भीडबाट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सार्वजनिक र सुरक्षा निकायका कैयौँ भवन ध्वस्त पारिए ।
गत भदौ २३ गते नवयुवा (जेनजी) आन्दोलनमा मुख्य निसानामा परेका सुरक्षा अङ्गको मनोबल उकास्न सरकारले गरेको प्रयास र आमनागरिकको सहयोगले सार्थकता पाउँदै सुरक्षा अवस्था सुदृढ बन्दै गएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने काम पूरा गरेको छ ।