आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले सञ्चालन गर्ने गतिविधि र मुख्य प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनबाट
नवयुवा (जेनजी) आन्दोलनको पहिलो दिन अर्थात् गत भदौ २३ गते संसद् भवनमा ३० वटा शव लुकाइएको भन्दै सामाजिक सञ्जालमा सनसनीपूर्ण भ्रम फैलाइयो । सामाजिक सञ्जालका केही सक्रिय व्यक्तिले फैलाएको यही भ्रामक सन्देशका कारण उत्तेजित भीडबाट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सार्वजनिक र सुरक्षा निकायका कैयौँ भवन ध्वस्त पारिए ।
गत भदौ २३ गते नवयुवा (जेनजी) आन्दोलनमा मुख्य निसानामा परेका सुरक्षा अङ्गको मनोबल उकास्न सरकारले गरेको प्रयास र आमनागरिकको सहयोगले सार्थकता पाउँदै सुरक्षा अवस्था सुदृढ बन्दै गएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने काम पूरा गरेको छ ।
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित विविध घटनाक्रम र त्यसले मुलुकको समग्र सुरक्षामा पर्न सक्ने सम्भावित असर न्यूनीकरणका लागि नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाकाको सुरक्षा थप कडा बनाइएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जनधनको अकल्पनीय क्षति भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विदेशी चर्चित खेलाडीसमेत खेलाएर नेपाली क्रिकेट क्लब प्रतिस्पर्धामा उत्रिँदा क्रिकेटप्रेमी रमाइरहेका छन् तर यो प्रतिस्पर्धालाई अवैध कमाइको अवसर बनाउन खोज्नेको धन्दाले नियामक र नियन्त्रक निकायको टाउको दुखाएको छ ।
नागरिकको शान्ति सुरक्षाको नजिकको साथी प्रहरी सेवालाई थप आकर्षक र प्रभावकारी बनाउनु आवश्यक देखिएको छ । प्रहरी सेवा छोडेर अन्य पेसा व्यवसायतिर लाग्ने क्रम देखिएसँगै यस्तो आवश्यकता देखिएको हो ।
नवनियुक्त ३३ औँ प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले पद तथा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित विशेष समारोहमा सचिव दङ्गालले नवनियुक्त आइजिपी कार्कीलाई शुभकामना तथा निर्देशन सम्बोधन गर्दै प्रहरी सङ्गठनले एउटा अब्बल नेतृत्व पाएको बताउनुभयो ।
बर्सौंदेखि समस्याका रूपमा रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले अग्रसरता लिएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विविध आयाम तथा विद्यमान अवस्था तथा समग्र सुरक्षा अवस्थाबारे प्रारम्भिक विश्लेषण गरिएको छ । गृह मन्त्रालयले ‘निर्वाचन सुरक्षा योजना’ तयार गर्नुअघि जिल्ला सुरक्षा समिति तथा विभिन्न सुरक्षा निकायमार्फत ७७ वटै जिल्लाको समग्र सुरक्षा अवस्था र मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलताबारे विवरणहरू सङ्कलन गरेको हो । जिल्ला सुरक्षा समितिहरूले मन्त्रालयलाई पठाएको विवरणमा आगामी निर्वाचनमा देशभर जम्मा १० हजार ३६९ मतदान केन्द्र रहने र विगतको तुलनामा सुरक्षा संवेदनशीलता बढ्न सक्ने आकलन गरिएको छ ।
लागुऔषधको कुलतमा फस्नेमा १५ देखि २५ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागुऔषध कुलतले परिवार र समाजलाई नै आक्रान्त पार्न थालेपछि रोकथामका लागि सामूहिक प्रयास आवश्यक देखिएको हो ।
सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने गरी ‘निर्वाचन सुरक्षा योजना’ को तयारी गरेको छ ।