बालकथा शृङ्खला बजारमा
चिनियाँ उपन्यास ‘पश्चिम दिशाको यात्रा’ लाई कथालयले बाल चित्रकथा शृङ्खलाका रूपमा बजारमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रबल प्रमानिक्स एकेडेमी अफ आर्ट्स, भारतको संयुक्त आयोजनामा बुधबारबाट ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ ।
प्रधानमन्त्री ओली माथिको प्रहार अर्थहीन : नेता चौलागाई
नेकपा (एमाले) पोलिटब्युरो सदस्य कमल चौलागाईँले नेपालको राजनीतिलाई आफ्नो हिसाबले अघि बढ्न नदिने बाह्य शक्ति अहिले पनि क्रियाशील रहेका बताउनुभएको छ ।
किवी फलाउँदै विद्यार्थीलाई सिकाउँदै
खुलेको मौसम भए पनि बिहान १० बज्न नपाउँदै हुस्सु र कुहिरोले छपक्कै ढाक्ने डाँडो ।
जैविक मलको माग धान्न धौ धौ
जैविक मलप्रति किसानको आकर्षण बढ्दा मोरङको उर्लाबारी–९ का राजीव खड्कालाई मल उत्पादन गर्न भ्याइनभ्याइ छ ।
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।
झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च
झापामा चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
बाह्र अर्ब बहत्तर करोडको विद्युत् निर्यात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारत निर्यात भएको छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
एकै किसानको चार सय मुरी धान
गुल्मीमा व्यावसायिक धान खेती गरेका किसान मेघनाथ अर्यालले एकै सिजनमा चार सय मुरी धान उत्पादन गर्नुभएको छ ।
श्रम स्वीकृति लिने बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
निजी क्षेत्रमा कर्जा बढ्यो, वृद्धिदर बढेन
चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ ।
‘ढोँगी प्रवृत्ति त्यागौँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँको राजनीतिले देश गलत दिशातर्फ उन्मुख हुने बताउनुभएको छ ।
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा नघटाए सरकारले कडा कदम चाल्ने बताउनुभएको छ ।
सर्ने भयो असुरक्षित डिपो, डिपिआर बनाउन सम्झौता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै आएको सिनामङ्गलस्थित असुरक्षित डिपो अन्ततः सर्ने भएको छ ।
प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
कालीमाथिका पुलको म्याद थपेको थप्यै
चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् ।
३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चारसय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीनसय ७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दुई छोरालाई पछाडिको सिटमा बसाएर आपूmले मोटरसाइकल चलाएर गाईघाटबाट घर जाँदैगरेका उदयपुरको त्रियुगा नगरपालिका १३ का ४५ बर्षीय महादेव चौधरीको बुधवार साँझ दुर्घटनामा मृत्यु भएको छ ।
बाल दिवसको अवसरमा विदेहमा कार्यक्रम
अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ। उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो।
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताउनुभएको छ।
७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान
चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ।आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो।