• १८ चैत २०८१, सोमबार

बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

blog

साङ्केती तस्बिर

काठमाडौँ, चैत १५ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ बस्ने झापा बिर्तामोड नगरपालिका–४ घर भएका ५७ वर्षीया आशा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट दुई लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका–९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।