काठमाडौँ, चैत १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गर्नु भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवम् बजेटमा पर्यटन, नागरिक उड्डन तथा संस्कृति क्षेत्रमा समेटिनु पर्ने विषयका सन्दर्भमा सरोकारवालासँग छलफल र सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘नीजि क्षेत्र सक्रिय नभइकन पर्यटन क्षेत्रको विकास हुन सक्दैँन । पर्यटन क्षेत्र बनाउने भनेकै नीजि क्षेत्रले हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनु पर्छ । नीजि क्षेत्र प्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’’
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरू भित्रने भएकाले राज्यले ठुलो लाभ लिने बताउनुभयो ।
मन्त्री पाण्डेले यस पटकको बजेट अङ्कमा नभइ नीतिमा बनाउने बताउनुभयो । सुझाव दिँदै पर्यटन व्यावसायीहरूले पर्यटन क्षेत्रलाई विशेक्ष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने, विदेशीहरूको भिसा लम्बाउने सहजीकरण गर्नुपर्ने, नेपालको एयरलायन्सको सङ्ख्या बढाउनु पर्ने, कैलाश, मानसरोवर जाने भारतीय पर्यटकहरूलाई नेपालको रुटमा आवश्यक सुरक्षा प्रबन्ध गरेर अघि बढ्नु पर्ने, तिर्थाटन लगायतका पर्यटन क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा सुझाव दिनुभएको थियो । मन्त्री पाण्डेले उक्त सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।