शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनगढी समाचारदाता
धनगढी, पुस ९ गते । चिसोले कैलालीसहित तराईको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।
चिसोले बालबालिका, वृद्धवृद्धा, विपन्नलगायत प्रभावित भएका छन् । मान्छेलाई बाहिर हिँडडुल र नियमित कामकाज गर्न समस्या भएको छ । चिसो बढेपछि बिहानै विद्यालय जाने विद्यार्थीलाई धेरै समस्या भइरहेको धनगढी उपमहानगरपालिका–१, शिवनगरका रमेश भट्टराईले बताउनुभयो । अत्यधिक चिसो भएमा बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयले चार/पाँच दिन बिदा दिए पनि हुने उहाँको भनाइ छ । यहाँ बिहानैदेखि हुस्सुसँगै शीत झरिरहेको छ । हुस्सुका कारण दिनभरि घाम लाग्न सकेको छैन ।