• १८ चैत २०८१, सोमबार

आगलागीबाट सात घर जलेर नष्ट

blog

प्रवीणकुमार शर्मा  

चन्द्रपुर (रौतहट), चैत १५ गते । रौतहटको गरुडा नगरपालिका-४ तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट स्थानीय शेख कमाउदिनको फुसको घरमा रहेको मासु पसल, नेवालालको फुसको घरमा रहेको किराना पसल, जयमङ्गल चौधरीको फुसको घरमा रहेको खाजा पसल, कृष्ण दासको पक्की घरमा रहेको कपडा पसल गरी ७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहान साढे नौ बजे सुरु भएको आगलागी स्थानीय बासिन्दा, नगर प्रहरी तथा नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीको संक्युक्त प्रयासबाट नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आएपछि गरुडा नगरपालिकाको मिनी दमकल तथा गौर नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेर निभाएको स्थानीय कमल जयसवालले बताउनुभयो ।

आगलागीबाट लगभग १३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो । आगाे लाग्नुको कारण खुल्न नसकेको तथा घटनाको अनुसन्धान जारिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायले बताउनुभयोे ।