• १८ चैत २०८१, सोमबार

शनिबार बिहान ७ बजेसम्म कर्फ्यू समय थप

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १५ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार विहान सम्मका लागि कर्फ्यूको समय विस्तार गरेको छ । शनिबार बिहान ७ बजेसम्मका लागि सो समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहानसम्मका लागि थप गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानमा चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । 

बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म कर्फ्यू क्षेत्र तोकिएको छ । त्यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।