• २० चैत २०८१, बुधबार

त्रिविमा मेसिनबाट मतदान : तीन हजार ११८ मत खस्यो

blog

काठमाडौँ, चैत १८ गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । त्रिविका मतदान अधिकृत डा. अवतार सुवेदीका अनुसार कुल मतदाता छ हजार १४६ मध्ये तीन हजार ११८ मत खसेको छ ।

उहाँले त्रिविमा विद्युतीय मेसिनबाट मतदान भएको जानकारी दिनुभयो ।

उहाँले मतदान सम्पन्न भएको र आजै सर्वदलीय बैठक पश्चात् मतगणनाको प्रक्रिया सुरु हुने बताउनुभयो । विद्युतीय मतदान भएका कारण नतिजा केही समयमा नै आउने उहाँको भनाइ छ ।