• २७ मङ्सिर २०८२, शनिबार

एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने

blog

भक्तपुर, मङ्सिर २७ गते । नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका दिउँसो १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्नुहुनेछ । उद्घाटन सभामा तीन लाख जनताको सहभागीता हुने एमालेले जनाएको छ ।

‘‘ऐतिहासिक ११ औं महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ’’ गौतमले भन्नुभयो, ‘‘बागमती, मधेश र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउछन् । अन्य प्रदेशबाट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु आउछन् ।’’

कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने गौतमले बताउनुभयो । उद्घाटनको त्यो विशेष तरिका एमालेले सार्वजनिक गरेको छैन । उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिति र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने गौतमले बताउनुभयो । कार्यक्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकीह्रु प्रष्तुत गर्ने तयारी छ । उद्घाटन सत्रमा नेपाली कांग्रेस लगायत १६ वटा दललाई अतिथिको रुपमा निमन्त्रणा गरिएको गौतमले जानकारी दिनुभयो । 

उद्घाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटहरु तयारी गरिएको छ । कार्यक्रम स्थलभन्दा पश्चिमतिर बाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन् । ति सवारी साधनहरु सानोठिमीस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ । यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ । गठाघर र जगातीबाट सहभागीहरु जुलुससहित कार्यक्रम स्थलतर्फ आउनेछन् । नगरकोट क्षेत्रबाट आउनेहरुलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ । भक्तपुरका सबै वडाबाट जुलुससहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउनेछन् ।

महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन् । उद्घाटन सत्र सकिएपछि भोली बिहानदेखि काठमाडौँको भृकुटी मण्डपमा बन्द सत्र सुरु हुने एमालेले जनाएको छ । एमालेको १० औं महाधिवेशन चितवनको सौराहामा २०७८ सालमा भएको थियो ।