• १८ चैत २०८१, सोमबार

औद्योगिक प्रदर्शनी सुरु

blog

नारायणगढ समाचारदाता

नारायणगढ, चैत १५ गते । चितवन उद्योग सङ्घको आयोजनामा भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा जुत्ताचप्पल मेला सुरु भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मेलाको उद्घाटन गर्नुभयो ।  त्यस अवसरमा प्रमुख दाहालले औद्योगिक प्रदर्शनीले अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने विश्वास गनुभयो । “आर्थिक मन्दीले समस्या परिरहेका बेला यस्ता आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान गराउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो । 

दिगो आर्थिक विकासका लागि औद्योगिक प्रर्वधन भन्ने नारासाथ सुरु भएको सो प्रदर्शनी चैत १८ सम्म र जुत्ताचप्पल मेला भने वैशाख ८ सम्म चल्ने छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी हस्तकला, प्रविधि तथा जुत्ताचप्पल राखिएका छन् । प्रदर्शनी आयोजक समितिका संयोजक तथा उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरेले अर्थतन्त्रलाई चलायमान गराउन प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।