• १८ चैत २०८१, सोमबार

पूर्व राष्ट्रपति भण्डारीद्वारा लुम्बिनीमा गुम्बाको शिलान्यास

blog

प्रतीक पौडेल 

रूपन्देही, चैत १५ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी पुगेर गुम्बाको शिलान्यास गर्नुभएको छ । लुम्बिनी विकास कोष परिसरभित्र निर्माण हुन लागेको थुक्छे छोइलिङ मोनाष्ट्री गुम्बाको शिलान्यास गर्दै भण्डारीले लुम्बिनीले विश्व माझ शान्तिको सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउनुभएको छ । भण्डारीले लुम्बिनीको विकास गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने जनाउनुभएको छ । 

लुम्बिनी, तिलौराकोट, रामग्राम, स्वयम्भूनाथ र बौद्धनाथलाई जोडेर राष्ट्रिय बुद्ध सक्रिटको विकास गर्न जरुरी रहेको भण्डारीले बताउनुभयो । भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सके लुम्बिनीको पर्यटन विकासमा टेवा पुग्ने जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुम्बा समयमै निर्माण गरेर लुम्बिनीको प्रचारप्रसार विश्वजगत सम्म गर्न सक्नुपर्ने बताउनुभयो । आचार्यले गुम्बा निर्माणको नाममा चन्दा सङ्कलनको काम नभएर लुम्बिनीको विकासमा टेवा पुर्‍याउने काम हुनुपर्ने जानकारी दिनुभयो । 

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले गुम्बाको निर्माण कार्य समयमै सक्न आग्रह गर्नुभयो । घिमिरेले लुम्बिनीको विकास भए मात्र नेपालको पर्यटनको विकास सम्भव हुने बताउनुभयो । 

सदस्य सचिव सानुराजा शाक्यको स्वागतमा भएको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले मन्तव्य राख्नुभएको थियो ।