काठमाडौँ, चैत १५ गते। शुक्रबार दिउँसोको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो।
शुक्रबार राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो।
राजावादीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।