सुधा देव
भारदह(सप्तरी), वैशाख २ गते । मधेश प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्नमस्ताले कोशी दुहबीलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ ।
राजविराजमा मङ्गलबारदेखि सुरु भएको छिन्नमस्ता रूपनी मधेश राइडर्स र कोशी दुहबी क्यापिटलबिच भएको खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सले दिएको एक सय ५६ रनको लक्ष्य कोशी दुहबीले सबै विकेट गुमाएर ९८ रन बनाएपछि छिन्मस्ता ५६ रनले विजयी भएको हो ।
टस जितेर दुहबीले छिन्नमस्ता लाई ब्याटिङ गरेको छिन्मस्ताले १८ ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रनको योगफल बनाएको थियो । जसमध्ये शङ्कर राणाले सर्वाधिक ६५ रन बनाउनुभएको थियो । सन्तोष कार्कीले ३१ रन र रोेहन विकले २२ रन जोडेको थिए। बलिङतर्फ कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले तीन तीन विकेट लिनुभयो ।
प्रतिउतरमा कोशी दुहबीले ओभरको खेलमा १३.४ ओभरमा सबै विकेटको क्षथिमा ९८ रन बनाएको थियो । उसका लागि इसान पाण्डेले ३७ रन, सोनु अन्सारी २९ रन, दिपेश कडेलले १६ रन बनाउनुभयो ।
बलिङमा छिन्नमस्ताका नारायण जोशी, दिनेश अधिकारीले तीन तीन विकेट छ लिनुभयो । अभिषेक कार्कीले दुई तथा दिवान पुनले एक विकेट लिनुभयो । यसअघि प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ब्याटिङ गरेर उद्घाटन गर्नुभएको थियो ।