एमाले पोलिटब्युराे सदस्य ढुङ्गेलको निधन
नेकपा (एमाले) का पोलिटब्युराे सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । आज शनिबार उहाँको आफ्नै घरमा चिप्लेर निधन भएको उहाँका परिवारजनले बताएका छन् ।
नारायणी नदीले फेरि खतराको तह पार गर्यो (फोटो फिचर)
नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।
पर्यटकको हवाई उद्धार
हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।
सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद प्रदान गर्नुभएको छ । दशैंको अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई उहाँले टीका लगाएर प्रसाद प्रदान गर्नुभएको हो ।
स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते
काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित सडकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । बिहीबार बिहान बा ४२ प ३३१४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै एक जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाँचदलीय गठबन्धनकोे बैठक बालुवाटारमा सुरु
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाएर राजमार्ग सञ्चालन
नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गमा खसेको लेदो माटोसहितको पहिरो पन्छाएर केहीबेर अघिदेखि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
खड्ग जात्रा सञ्चालनमा समस्या
आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न मुस्किल हुँदै आएको छ । देसमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारहरुले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङकट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले बाजागाजालगायतका लागि करिब साँढे तीन लाख रुपियाँ सहयोग गर्दै सञ्चालनमा आएको सचिव सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।
नारायणगढ - मुग्लिन सडक खण्ड अवरुद्ध : यात्रु अलपत्र
नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा झरेको पहिरोका कारण अहिले सो सडक अवरुद्ध छ ।
प्रहरी निरीक्षकमाथि जबरजस्ती करणी मुद्दा दर्ता
महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।
नारायणीमा पानीको बहाव यस वर्षकै उच्च
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।
बबई र पश्चिम राप्ती नदीमा बाढीले खतराको तह पार गर्यो
केही दिनयताको वर्षाका कारण देशको अधिकांश भूभाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले उच्चसर्तकता तह पार गरेको छ भने धेरै स्थानमा सतर्क रहन आग्रह गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रपतिसमक्ष उच्चपदस्थ व्यक्तित्वहरूद्वारा दशैंको टीका र प्रसाद ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा आम सर्वसाधारणलाई दशैंको टीका लगाइदिनुभएको छ । बुधवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति भण्डारीले दशैंको टीका जमरा लाइदिनुभएको हो ।
जिपको ठक्करले श्रीमानको मृत्यु, श्रीमती घाइते
चितवनमा जिपको ठक्करले श्रीमानको मृत्यु भएको छ भने उहाँको श्रीमती घाइते हुनुभएको छ । भरतपुर महानगरपालिका –२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदैगरेको बा १५ च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई मध्ये एकको मृत्यु भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दशैं
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललितपुरको खुमलटारस्थित निजी निवासमा दशैं मनाउनुभएको छ ।
पानी र झरीको पर्बाह नगरी ब्रह्मायणी जात्रा रातिदेखिनै हजारौँको भीड
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । हिजोदेखि परेको अनवरत पानी र झरीको समेत पर्वाह नगरी स्थानीय नेवार समुदायले भव्यरूपमा ब्रह्मायणी जात्रा मनाएका छन् ।
बिरामीको मृत्यु भएपछि मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्षभित्र प्रवेश गरेर मंगलबार तोडफोड गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
चितवन नछाड्न दाहाललाई गठबन्धनको अपिल
चितवनको पाँचदलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चितवनबाटै निर्वाचन लडेर अभिभाकत्व लिन अनुरोध गरेको छ । गठवन्धनको मंगलबार भरतपुरमा बसेको वैंठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक गर्दै चितवन जिल्ला छाडेर अन्यत्र स्थानमा निर्वाचन लड्न नजान वैठकले अनुरोध गरेको हो ।
दशैंभरि बदली रहने, बिहीबारसम्म सामान्यदेखि भारी वर्षाको सम्भावना
यस वर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भद्रकालीमा सवारी पूजा गर्नेको भीड
काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रास्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोइपखाली गाडी सर्भिसिङ गरिन्छ ।
तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड
तलेजु भवानीको मन्दिरमा आज भक्तजनहरुको भीड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एकपटक महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ ।
चितवन राष्ट्रिय निकुञ्जको चाडपर्व विशेष सुरक्षा व्यवस्था
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
लुक्ला उडान सुरु भएसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त
रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो ।
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन (फोटो फिचर)
बडादशैं अन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवि भण्डारीले आज सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा रहेको पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार बिहान उहाँ पाँचखालस्थित बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आउनुभएको थियो ।