• १३ असोज २०८१, आइतबार

प्रहरी निरीक्षकमाथि जबरजस्ती करणी मुद्दा दर्ता

blog

मुरारि अधिकारी

धादिङ, भदौ २० गते । आफू मातहतको कार्यालयमा कार्यरत महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुङ्गानामाथि मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फूलपातीको दिन बिहान ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।

लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । शनिबार बिहान करिब १ बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उहाँको भनाइ छ ।

ढुङ्गानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । ढुङ्गानामाथि १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । पक्राउ परेका प्रहरी निरीक्षक ढुङ्गानामाथि थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताउनुभयो ।