शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह(सप्तरी), चैत ६ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दाका आठ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालत दाखिला गरेको छ ।
पक्राउ पर्नेमा रुपनी गाउँपालिका २ का उपेन्द्र शर्मा, विनोद कुमार शर्मा, ओकिल शर्मा, जितेन्द्र प्रसाद यादव, सुरेन्द्र प्रसाद बुधनगरिया, रामकृष्ण सिलपिलिया यादव, नितेश सिलपिलिया यादव र लोकेन्द्र प्रसाद यादव रहनुभएको छ ।
पक्राउ परेका प्रतिवादीहरूबाट अस्सीहजार जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रहरी प्रवक्ता प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
कुटपिट मुद्दामा दोषी ठहर हुनुभएका उहाँहरूबाट जनही १० हजारको दरले जरिवाना असुल गरिएको उहाँले बताउनुभयो ।