• १३ पुस २०८१, शनिबार

नारायणगढ - मुग्लिन सडक खण्ड अवरुद्ध : यात्रु अलपत्र

blog

वसन्त पराजुली

भरतपुर असोज २० गते । नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा झरेको पहिरोका कारण अहिले सो सडक अवरुद्ध छ  । अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गको १७ किलो, २१ किलोलगायतका विभिन्न स्थानमा लेदो माटोसहितको पहिरो झरिरहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर राजीव मानन्धरले जानकारी दिनुभयो ।

वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको छ । लेदोमाटो सहितको पहिरो अहिले पनि झरिरहेको छ । पहिरोका कारण दशैँका बेला टीका थाप्न हिँडेका यात्रुहरू अहिले बीच सडकमै अलपत्रमा परेका छन् । पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिन छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सडक कार्यालयसँग समन्वय गरेर सडक खुला गर्ने प्रयास भइरहेको बताउनुभयो ।

२१ किलोको पहिरो हटाई सकिएको र १७ किलोको पहिरो पनि खुला गर्ने प्रयास भइरहँदा ठूलो वर्षाले समस्या परेको पनि उहाँले जनाउनुभयो ।

अहिले राजमार्गमा पहिरो पन्छाउन लोडर, स्क्याभेटरलगायतका उपकरण परिचालन गरिएका छन् ।