• १९ साउन २०८२, सोमबार

खोलाले बगाउँदा पुरुषको मृत्यु

blog

फाइल तस्बिर

शिवराज ढुंगाना 

अछाम, साउन १८ गते । खेतबाट घर फर्किन लाग्दा खोलाले बगाएर आइतबार बेलुकी एक पुरुषको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो । 

मुली गाड (ठूलो खोला) ले बगाएर करिब पाँचसय मिटर तल खोलाको बिचमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । 

घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रियाका लागि प्रहरी घटनास्थलमा रहेको बताइएको छ । मृतकका छोरा भारतमा र श्रीमती नेपालगञ्जमा बस्दै आएको वडा अध्यक्ष कुँवरको भनाइ छ ।