• ३० असार २०८२, सोमबार

असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

काठमाडौँ, असार ३०  गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभी वर्ल्ड’ असोज ३ गते भित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटीभी वर्ल्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै  व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो । मन्त्री गुरुङले एनटीभी वर्ल्डले विश्वमा नेपाल जोड्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताउनु भएको हो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटीभी वर्ल्डका कार्यक्रमहरु प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गर्नुभयो ।  

पिएसबीका अध्यक्ष डा‍‍ महेन्द्र विष्टले एनटीभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयो । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको समेत जानकारी दिनुभयो । सीमित स्रोत र साधनका बिच पनि एनटीभी वर्ल्डलाई विश्व सामुलायक बनाउन प्रयत्नरत हुने उहाँको प्रतिबद्धता छ ।

कार्यक्रममा डा. टंक उप्रेतीले एनटीभि वर्ल्ड सञ्चालनको पूर्व तयारीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा एनटीभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।