• १८ साउन २०८२, आइतबार

घुस लिएको आरोप : खरिदारसहित चार जनाविरुद्ध मुद्दा

blog

काठमाडौँ, साउन १८ गते । बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जना विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले २० हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेलले उहाँविरुद्ध भष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता पौडेल बताउनुहुन्छ । 

मुद्दा दायर हुनेमा जग्गाको मोठ भिडाउन सहजीकरण गर्ने शान्ति पुन, खरिदार रतनबहादुर जि सी, हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारी हुनुहुन्छ । उहाँहरू विरुद्ध २० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।