देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा
काठमाडौं, असोज २९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ।शनिबार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो।उहाँले नेपाल आर्थिक रूपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गर्नुभयो। उहाँले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाउनु भयो।उहाँले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसभाकाे बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गर्नुभयो।उहाँले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीको गठबन्धन भएको आरोप पनि लगाउनु भयो।उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउनुभयो।उहाँले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनुभयो।उहाँले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘श्रोत साधनबाट हामी गरिब छैनौँ।नेपालमा विदेशी लगानी कमजोर भएको छ।किन कमजोर हुन्छ ? विदेशी लगानी भित्र्याउनुपर्छ।हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन।देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ।हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ ।’’उपाध्यक्ष महराले प्रतिगमनकारी शक्ति अहिले पनि सलबलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
बिजुली लाइन सर्ट हुँदा आगलागी (फोटो फिचर)
बिजुली पोलमा लाइनसर्ट हुँदा आगलागी भएको छ । काठमाडौंको अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरण भवन अगाडि बिजुलीको दुई वटा पोलमा आगो लागेको थियो ।
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
ललितपुरको इमाडोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी प्रभाग लुबुका अनुसार ललितपुरको लुबु चौतारास्थित सडक खण्डमा इमाडोलदेखि लुबु जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
सबै पालिकामा समाजवादी कार्यक्रम
बागमती प्रदेश सरकारले सबै स्थानीय तहमा ‘वडा समाजवादी’ कार्यक्रम लागू गर्ने भएको छ। चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भएको वडा समाजवादी कार्यक्रम कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो। शुक्रबार यहाँ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ।
दुई जना मृत अवस्थामा फेला
शुक्रबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा एक र बुढानिलकण्ठ नगरपालिका–१० कपनमा एक गरी दुई जना मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मखमलीले सजिएको गुन्डु (फोटो र भिडियो)
खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ ।
तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)
नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याइ भएको हो ।
तातोपानी नाका सुनसान
केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।
आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नुपर्छ : विज्ञ
काठमाडौं, असोज २७ गते। आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नु पर्नेमा विज्ञले जोड दिएका छन्। विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै व्लाइन्ड वोमेन एसोसिएशनका सल्लाहकार मिरा अधिकारीले शिक्षा नै सबै भन्दा ठूलो भएकोले आँखाको प्राथमिक उपचार बारे विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नु पर्नेमा जोड दिनुभयो। आफूले सात वर्षको उमेरमा आँखा गुमाएको जिकिर गर्दै उहाँले आम अभिभावक पनि आँखा स्वास्थ्यको विषयमा सचेत र चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहले स्वास्थ्य शिक्षा साक्षरता बढाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले आँखा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति थपिदै गएको भन्दै यसको व्यवस्थापनतर्फ जोड दिनु पर्ने बताउनुभयो।नेपालमा सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी आएको छ। सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपन सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा झरेको छ। तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा. रिता गुरुङले अन्धोपन नेपालमा घटे पनि मोतियाविन्दु, चस्मासम्बन्धि दृष्टि दोष, जल विन्दु, मधुमेहबाट आँखामा पर्ने असर उमेरका कारण दृष्टि पर्दामा पर्ने असर आदि बढ्दो चुनौतीको रुपमा देखिएकोे बताउनुभयो। नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेपालमा आँखा अस्पताल र जनशक्ति प्रयाप्त भए पनि उपचारका लागि बिरामी आउन नसकेको बताउनुभयो। उहाँले यसका लागि जनचेतना बढाउने र उपचारको पहुँच बढाउने योजनामा राज्यको नीति हुनुपर्नेमा जोड दिनुभयो। मन्त्रालयका नीति तथा अनुगमन शाखाका प्रमुख डा. गुणनिधि शर्माले प्राथमिक आँखा उपचार सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिको मस्यौदाका लागि राय सुझाव लिइरहेको जानकारी दिनुभयो। रणनिती बनेपनि कार्ययोजना बनाएर अगाडी बढ्ने मन्त्रालयको योजना रहेको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य संगठनको आकडा अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धि समस्या रहेको छ भने झण्डै एक अर्ब अझै पनि आँखा सेवाबाट वञ्चित रहेका छन्। आईएपीवीका दक्षिणपूर्वी एशिया संयोजक युद्धध्वज सापकोटाले नेपालमा वार्षिक करिब चार लाख व्यक्तिको मोतियाविन्दु शल्यक्रिया गर्नु पर्ने भए पनि १ लाख ५० हजार व्यक्तिको मात्रै शल्यक्रिया हुने गरेको भन्दै दीगो विकासका लक्ष्य हालिस गर्नका लागि चुनौती रहेको बताउनुभयो। आँखा स्वास्थ्यका कारण विश्वमा वार्षिक ४११ अर्ब डरल उत्पादकत्वमा घाटा हुने गरेको ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानले देखाएको दाबी उहाँले गर्नुभयो। उहाँले आँखाको उपचारमा २४ अर्ब डलर मात्रै खर्च गरे सो घाटा पूर्ति हुने बताउनुभयो।अक्टोर १३ अर्थात् विश्व दृष्टि दिवस मनाइएको छ। “आँखा माया गरौँ” भन्ने मुख्य नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ। सन् १९९८ सालदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउदै आएको छ।
राजनीतिमार्फत जनताको सेवा गर्ने पूर्व सुरक्षा प्रमुखको लक्ष्य
पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।
दोलखामा चुनावी चहलपहल सुरु
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।
सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो
शताब्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।
आयात रोकिएन, चितवनका केराले बजार पाएन
भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् ।
चितवनमा त्रिपालमुनि कैदीबन्दी
चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ ।
प्रत्यक्षमा महिला उम्मेदवार
सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्षमा महिला उम्मेदवारहरू प्रतिस्पर्धा गर्दै छन्। नेपाली कांगे्रसले प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क)मा सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी मनकुमारी खड्का (मसिना)लाई उम्मेदवार बनाएको छ।
सेवाग्राहीलाई निःशुल्क पेय सुविधा
सिन्धुली जिल्लाका दुईवटा स्थानीय तहले नागरिकमैत्री सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन नयाँ कार्य सुरु गरेका छन्। जिल्लाका मरिण गाउँपालिका र दुधौली नगरपालिकाले कार्यालयभित्रै सेवाग्राहीलाई चिया, पानी र सर्वत उपलब्ध गराएर सहज सेवा प्रवाह गर्न सुरु गरेका हुन्। मरिण गाउँपालिकाले कार्यालयमा प्रवेश गर्ने मूल गेटअगाडि सेवाग्राही सहायता कक्ष स्थापना गरी सर्वत र चिया व्यवस्था गरेको छ।
नागरिकता बनाउनेको भीड
जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकता बनाउनेको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलाखबहादुर आलेले नागरिकतामा रहेको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँभन्दा पनि प्रतिलिपि लिन आउनेको सङ्ख्या बढी भएको बताउनुभयो । अहिले दिनमा सयभन्दा बढी नागरिकता बनाउन आउने गरेको उहाँको भनाइ छ ।
थामिएन डेङ्गु सङ्क्रमण
विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्लामा यो वर्ष सङ्क्रमण दर झन्डै उच्च रह्यो। डेङ्गु सङ्क्रमणबाट यो वर्ष बागमती प्रदेशको काठमाडौँ, ललितपुरपछि मकवानपुर प्रभावित बनेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको सोमबार साँझसम्मको तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमण भएका बिरामी २६ हजार ४९४ जना पुगेका छन्। १० दिनअघि प्रदेशका १३ जिल्लामा गरी २३ हजार २७० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो।
उम्मेदवार बन्न नपाएको महिलाको गुनासो
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मनोनयन पत्र दर्ता सकिएलगत्तै अहिले अधिकांश दोलखाली महिलाको आवाज एउटै बनेको छ– महिलालाई अवसर दिन किन कन्जुस्याइँ ? साक्षरता दर, उच्च शिक्षामा पहुँचको कमी र सार्वजनिक पदमा पुरुषसरह महिलाको सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछाडि पर्न गएको हो त भन्ने साझा प्रश्न छ।
गठबन्धनका बागी उम्मेदवार कायमै
सत्ता गठबन्धन दलका प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरुद्ध सिन्धुपाल्चोकको दुबै प्रतिनिधि सभामा बागी उम्मेदवार कायम रहेका छन् । गठबन्धन उम्मेदवारबिरुद्ध उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएन ।
अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने
जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ । विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराउनु भएको हो ।
अभिनेता शाहको सुनुवाइ पुनः स्थगित
अभिनेता पल शाहको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।
तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ ।
त्रिशूलीमा खस्यो ट्रक
गए मध्यरातमा मालवहाक ट्रक त्रिशूलीमा खसेको छ । चितवन इच्छाकामना गाउँपालिका वडा नम्वर ३ स्थित मौवाखोला नजिक पृथ्वि राजमार्गवाट ट्रक त्रिशुलीमखसेको हो ।