च्छोरोल्पा हिमताल घुम्न आउने बढे
पछिल्लो समय दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित च्छोरोल्पा हिमताल घुम्न आउनेहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ। समुद्र सतहदेखि चार हजार ५८० मिटर उचाइमा रहेको यो हिमतालमा दैनिक दर्जनौँ समूहमा पर्यटक आउने गरेका छन्। विदेशी पर्यटकहरूसमेत च्छोरोल्पा हुँदै टासीलाप्चा पास गरेर सोलुखुम्बु जाने गरेका छन्। विदेशीहरू पनि पाँचदेखि छ जनाकै समूहमा भेटिएको वडाअध्यक्ष ङिमागेली शेर्पा बताउनुभयो।
मन्थली पर्यटकले भरिभराउ
रामेछाप सदरमुकाम मन्थलीबाट सोलुखुम्बु जिल्लाको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको छ । सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका पर्यटकलाई सीता, तारा र समिट एयरले उडान सेवा प्रदान गरिरहेको छ । पर्यटकको आगमनसँगै मन्थलीस्थित सानादेखि ठूला होटलहरू विदेशी पर्यटकले भरिभराउ छन् ।
सयपत्रीको बीउमा विदेशकै भर
सयपत्री फूलको माग वृद्धि भए पनि लागत खर्च कम गर्न नसक्दा उपभोक्ताले सस्तोमा माला पाउन सकेका छैनन् । व्यावसायिक रूपमा सयपत्रीको फूलखेती गर्नेहरूले भारत, थाइल्यान्डलगायतका देशबाट बीउ ल्याउने गरेका छन् । फूलको बीउ नेपालमा नै उत्पादन गर्न सकेमा सस्तोमा खरिद गरेर लगाउँदा उपभोक्ताले सुलभ मूल्यमा माला फूल पाउने व्यवसायीको भनाइ छ ।
डेङ्गुका बिरामीले भरिए अस्पताल
भरतपुर अस्पतालको मेडिसिन कक्ष डेङ्गु र स्क्रबटाइफसका बिरामीले भरिएको छ। अस्पतालका मेडिसिन वार्डका लागि छुट्याइएको ५२ शय्यामध्ये अधिकांश डेङ्गु र स्क्रबटाइफसले भरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। आकस्मिक (इमर्जेन्सी) कक्षमासमेत अधिकांश बिरामी डेङ्गु र स्क्रबटाइफसका छन्। अस्पतालका १२ शय्या अब्जरभेसन, ३५ शøया आकस्मिक, २० शøया आईसीयूमध्ये ७० प्रतिशतभन्दा बढी डेङ्गु र स्क्रबटाइफसका बिरामी रहेका छन्।
बाल अधिकार संरक्षण भवन सञ्चालन अन्योलमा
बागमती प्रदेशभित्रमा आफन्त नभएका असहाय बालबालिका राख्ने उद्देश्यले जिल्लाको पनौती नगरपालिका–५, गैह्रीगाउँमा निर्माण गरिएको प्रदेशस्तरीय बाल अधिकार संरक्षण भवन सञ्चालनमा अन्योल देखिएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको भवन सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारले बजेट विनियोजन र बजेट कार्यान्वयन कार्यविधि तयार नगर्दा उक्त भवन कसले प्रयोग गर्ने भन्ने अन्योल बढेको हो।
चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल
सिन्धुली जिल्लाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताल चिकित्सकविहीन बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको सरुवासँगै स्वास्थ्य सेवा प्रभावित भएको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार चार महिनाको बीचमा बिनाजानकारी आठ जना विशेषज्ञसहितका चिकित्सकको सरुवा भएको छ।
‘पूर्वाधारमात्र होइन सहरी विकास’
स्थानीय तहमा सडक पूर्वाधारमात्र विकास हो भन्ने मान्यतालाई परिवर्तन गर्दै समावेशीरूपमा सबै क्षेत्रमा कामको सुरुआत हुन थालेको छ ।
चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ
चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको प्रमुख स्याङ्बोले बताउनुभयो । विशेष गरेर कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भइरहेको उहाँले जानकारी दिनुभयो । पश्चिम चितवनका कतिपय धानै नरोपिएका ठाउँमा पनि यस वर्ष धान रोपिएको स्याङ्बोले बताउनुभयो ।
थुम्पाखरमा व्यावसायिक कालिजपालन
जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो । विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा ९कालिज०को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जङ्गलीमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् । गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो ।
आचारसंहिता कार्यान्वयन संयन्त्रले काम नगरेको गुनासो
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि रामेछापमा बनेका संयन्त्रहरूले प्रभावकारी काम गर्न नसकेको गुनासो गरिएको छ। आइतबार जिल्ला निर्वाचन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा गरेको निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारीसम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन्। कार्यक्रममा सहभागी उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता राम्रो भए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको गुनासो गरे।
उम्मेदवारले एकतीस लाखसम्म खर्च गर्न पाउने
चितवनको निर्वाचन क्षेत्र नं. १ र ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले प्रतिउम्मेदवार ३१ लाख रुपियाँसम्म खर्च गर्न पाउने भएका छन्। मुख्य निर्वाचन कार्यालय चितवनले यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उम्मेदवारले खर्च गर्न पाउने व्यवस्था रहेको जानकारी दिनुभएको हो। आसन्न निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने
श्रेष्ठको संयोजकत्वमा कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति गठन (सूचीसहित)
सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय परिचालन समिति गठन गरेको छ।
समृद्धि नै सत्तारुढ गठबन्धनको चुनावी मुद्दा : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने लक्ष्यसहित आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बताउनु भएको छ।
दुई वर्षमा जोरपाटी-साँखु सडकखण्ड निर्माण गर्ने घर्तीको घोषणा
काठमाडौं, असोज ३० गते। पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती मगरले आफू निर्वाचित भए दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गर्ने बताउनुभएको छ। सत्ता गठबन्धनको काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार घर्तीले सो अवधिमा निर्माण कार्य सम्पन्न हुन नसके आफूले पदबाट राजीनामा दिनेसमेत बताउनुभयो। उहाँले साँखु बजार र शाली नदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताउनुभयो।उहाँले भन्नुभयो, “जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु। नोट गर्नुस्। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व राख्ने शहर साँखु बजार तथा शालीनदी यसको पर्यटकीय विकास तथा जर्सिङ पौवालाई जीवित सङ्ग्रहालयको रूपमा विकसित गर्नेछु। दक्षिणढोका, मुलपानी लगायत विभिन्न क्षेत्रमा हुने डुबानको समस्या छ यसमा म योजना बनाएर काम गर्नेछु।”घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो। मुलपानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। “एयरपोर्ट निर्माणका क्रममा विभिन्न क्षेत्रबाट प्रभावित हुनुभएका जे समस्याहरू छन् यसको समाधानमा मेरो पहिलो प्राथमिकता हुनेछ। कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहलकदमी अगाडी बढाउनेछु। कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ। सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु। साँखुको ढल निकासमा ध्यान दिनेछु”, उहाँले बताउनुभयो।
सत्यमोहनको सादा जीवन
‘असन्तोषी सदा दुखी, सन्तोषी सदा सुखी’ यस सिन्द्धान्तलाई अंगालेर जोशीको १०३ वर्षिय यात्रामा उहाँको मनमा सधै सन्तुष्ट रहने गर्थ्यो।
गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : अध्यक्ष नेपाल
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनुभएको छ।
भक्तपुरबाट किशोर बेपत्ता
भक्तपुर मध्यपुर ठिमी धुन्चेपाखाबाट एक किशोर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका –७ स्थायी घर भएका १६ वर्षीय किशोर अंकित तिमल्सिना शनिबार बिहान साढे ९ बजेदेखि हराइरहेको परिवारका सदस्यले बताउनुभएको छ । बाबु रामचन्द्र तिमल्सिना र आमा गोमा पराजुलीले छोरा शनिबार बिहान बिस्कुट किन्न धुन्चेपाखा घरबाट निस्केदेखि हराएको बताउनुभयो । खोजीकार्यका लागि ठिमीस्थित प्रहरी कार्यालयमा उजुरी दिएको उहाँहरुको भनाइ छ ।
अबको ऐतिहासिक दायित्व आर्थिक समृद्धि : अध्यक्ष दाहाल
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको ऐतिहासिक दायित्व आर्थिक समृद्विको नयाँ क्रान्तितिर अघि बढ्नुपर्ने रहेको बताउनुभएको छ।
दलहरु मिलेर देशकाे गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो)
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरु मिलेर देशको गरिबी हटाउनुपर्ने बताउनुभएको छ।
शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलि
शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाे परिसरमा अन्तिम श्रद्धाञ्जलिकाे लागि राखिएकाे छ । बिहान निधन हुनुभएकाे १०३ वर्षीय जाेशीकाे किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकाे हाे ।
जोशीको अन्तिम संस्कार नहुने, अध्ययनका लागि अस्पतालमा राखिने
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मृत्युअघि नै दान गरिसकेको शरीर नजलाउने निर्णय भएको छ । जोशीको शरीर अध्ययनका लागि ललितपुरस्थित किष्ट मेडिकल अस्पतालमा राखिने निर्णय भएको हो ।
चकचके जोशी बन्धनमुक्त : जब ‘माँ’ भनेर चिच्याएपछि....
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको जीवनयात्रा पनि जुरेली चरीको जस्तै छ । यही सिद्धान्तलाई अँगालेर वाङ्मय शताब्दी पुरुष जोशीले २०७९ वैशाख ३० गते १०३ वर्षे यात्रा पूरा गर्नुभएको थियो ।
मुख्यमन्त्रीसहित आठ मन्त्री चुनावी प्रतिस्पर्धामा
प्रदेश र सङ्घीयताको औचित्यमाथि कतिपयले प्रश्न उठाइरहेको समयमा बागमती प्रदेश सभा सदस्य हुँदै हाल मन्त्री कायम रहेकाहरू पुनः प्रदेश सभा सदस्य हुने आकाङ्क्षासहित चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशका वर्तमान र पूर्वमन्त्रीहरू कतिपय प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ त कतिपय प्रदेश सभा सदस्यमा दोहोरिन चुनावी मैदानमा हुनुहुन्छ। बागमती प्रदेशको १८ सदस्यीय मन्त्रिपरिषद् सदस्यमध्ये मुख्यमन्त्रीसहित आठ जना सत्ता गठबन्धनका दलबाट उम्मेदवार बन्नुभएको छ।
अब वडाबाट नै राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थालेको छ। विभागले गल्छी गाउँपालिकाका वडाहरूबाट यस अभियानको सुरुवात गरेको हो। गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीहरूको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फारम भर्ने लक्ष्य लिएको जानकारी गराएको छ। शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका १०४ वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने कार्यको सुरुवात गरिएको छ।