• १७ असार २०८१, सोमबार

डेङ्गुका बिरामीले भरिए अस्पताल

blog

चितवन समाचारदाता

चितवन, कात्तिक १ गते । भरतपुर अस्पतालको मेडिसिन कक्ष डेङ्गु र स्क्रबटाइफसका बिरामीले भरिएको छ। अस्पतालका मेडिसिन वार्डका लागि छुट्याइएको ५२ शय्यामध्ये अधिकांश डेङ्गु र स्क्रबटाइफसले भरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। 

आकस्मिक (इमर्जेन्सी) कक्षमासमेत अधिकांश बिरामी डेङ्गु र स्क्रबटाइफसका छन्। अस्पतालका १२ शय्या अब्जरभेसन, ३५ शøया आकस्मिक, २० शøया आईसीयूमध्ये ७० प्रतिशतभन्दा बढी डेङ्गु र स्क्रबटाइफसका बिरामी रहेका छन्।

भरतपुर अस्पतालको मेडिकल कक्षमा अधिकांश ज्वरोका बिरामीले भरिभराउ भएको छ। कतिपय बिरामीलाई आज ठाउँ छैन, भोलि आउनुहोस् भनेर पठाउनुपर्ने अवस्था छ। मेडिकल कक्षका ८० प्रतिशत शय्या ज्वरोका बिरामीले भरिएकामध्ये ४० प्रतिशत स्क्रबटाइफस र ४० देखि ५० प्रतिशत डेङ्गुका बिरामी छन्। ३५ शøयाको आकस्मिक कक्षमा धेरैजसो ज्वरोका बिरामी र २० शय्याको आईसीयूमा पनि ज्वरोका कारणले जटिलता आएका बिरामीको उपचार भइरहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो। 

अरू भाइरलभन्दा डेङ्गु ज्वरोले बढी जटिलता ल्याउन सक्छ र बिरामीलाई अस्पतालका इमर्जेन्सीबाट सामान्य शøया हुँदै आईसीयूसम्म पु¥याउनु परेका प्रशस्त उदाहरण भएको भरतपुर अस्पतालका चिकित्सक गोविन्द कँडेलले जानकारी दिनुभयो। 

यसैबीच नवलपरासीको बर्दघाटकी २९ वर्षीया महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । डेङ्गु सङ्क्रमणबाट जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल ल्याउँदा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना हुनुभएका उहाँको शुक्रबार मृत्यु भएको थियो। अस्पतालले आइतबार मात्रै रिपोर्ट गरेको कारण सूचनापछि आएको केसीले जानकारी दिनुभयो। डेङ्गु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन जना पुगेको छ।