• १८ मङ्सिर २०८२, बिहिबार

मित्रपार्कमा ‘योमरी पुन्ही युनिटी फेस्ट’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते  ।  काठमाडौँ महानगरपालिका–७, परिसरमा ‘योमरी पुन्ही युनिटी फेस्ट’ को आयोजना हुने भएको छ । काठमाडौँ लिगेसीको आयोजनामा योमरी पुन्हीका अवसरमा मित्रपार्क क्षेत्रमा योमरीको ऐतिहासिकतालाई उजागर गर्दै यसको महत्व दर्शन बुझाउन ‘योमरी पुन्ही युनिटी फेस्ट’ हुन लागेको हो ।

काठमाडौँ लिगेसीका अध्यक्ष विक्की शाहीले भन्नुभयो– “योमरी पुन्ही २०८२ को मुख्य उद्देश्य भनेकै सम्पूर्ण नेपालीलाई एकता, शान्ति र संस्कृतिको साझा उत्सवमा जोड्नु रहेको र नेवारी परम्परा र आधुनिक रमाइलोपनलाई जोडेर पुस्तादेखि पुस्तासम्म सम्बन्ध मजबुत बनाउनु हो । सो महोत्सवको मुख्य आकर्षणमा योमरीको विभिन्न स्वादका स्टल, नेवारी परिकार र स्थानीय खानपान, न्याखिँ बाजा र अन्य परम्परागत वाद्यवादनका धुन, सांस्कृतिक नृत्य र प्रदर्शन तथा युवाका लागि साङ्गीतिक प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम रहेका छन् ।