• ११ वैशाख २०८३, शुक्रबार

एमाले प्रमुख सचेतकमा महर मनोनीत

blog

ऐनबहादुर महर । फाइल तस्बिर

काठमाडौँ, वैशाख ११ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगरले उहाँलाई सो पदमा मनोनीत गर्नुभएको हो ।

नेकपा (एमाले) सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम नेता थापाले महरलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी सुम्पिनुभएको हो । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा पार्टीको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न महरलाई यो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

मनोनयन पत्रमा विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमानदारीपूर्वक निर्वाह हुने विश्वास व्यक्त गरिएको छ । यसअघि महर एमाले संसदीय दलको सदस्यका रूपमा सक्रिय हुनुहुन्थ्यो । उक्त निर्णयको बोधार्थ महासचिव र सङ्घीय संसद् सचिवालय, सिंहदरबारलाई समेत दिइएको छ ।