शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अमरराज नहर्की
तनहुँ, वैशाख ११ गते । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दिउँसो ३:४५ बजे चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।