• १८ मङ्सिर २०८२, बिहिबार

भारतीय नम्बर प्लेटको कार दुर्घटना : तीन जना घाइते

blog

दुर्घटनाग्रस्त सवारी साधन । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), मङ्सिर १८ गते ।
सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३  नम्बरको कार करिब बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गल्याङ चौकीबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।