• २० असोज २०८१, आइतबार

भक्तपुरबाट किशोर बेपत्ता

blog

गोरखापत्र अनलाइन

भक्तपुर, असोज ३० गते । भक्तपुर मध्यपुर ठिमी धुन्चेपाखाबाट एक किशोर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका –७ स्थायी घर भएका १६ वर्षीय किशोर अङ्कित तिमल्सिना शनिबार बिहान साढे ९ बजेदेखि हराइरहेको परिवारका सदस्यले बताउनुभएको छ । बाबु रामचन्द्र तिमल्सिना र आमा गोमा पराजुलीले छोरा शनिबार बिहान बिस्कुट किन्न धुन्चेपाखा घरबाट निस्केदेखि हराएको बताउनुभयो । खोजीकार्यका लागि ठिमीस्थित प्रहरी कार्यालयमा उजुरी दिएको उहाँहरूको भनाइ छ । 

स्थायी घर सिन्धुपाल्चोक भए पनि तिमल्सिना परिवार लामो समयदेखि भक्तपुर मध्यपुरठिमी ७ धुन्चेपाखामा बसोबास गर्दैआउनुभएको छ । कस्मिक इन्टरनेसनल स्कुल कोटश्वरमा कक्षा १० मा अध्ययनरत अङ्कित गहुँगोरा वर्णका छन् । ५ दशमलव ५ फिट उचाइ भएका तिमल्सिना ट्राउजर, चप्पल र टिसर्टमाथि दुई रङ्गको हुक लगाएका छन् । उनलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा फोन ९८५१०१८८५९, ९८५१००५९२७ मा खबर गरिदिनुहुन उनका अभिभावकले आग्रह गर्नुभएको छ ।