महाअष्टमीमा केराको पातमा महाभोज खाँदै नेवाः समुदाय
काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । “कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।केराको पातको महत्वकुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ । नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।
हेटौँडामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३६ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खैरहनीमा अतिक्रमण हटाउन थालियो
चितवनको खैरहनी नगरपालिकाले बजार व्यवस्थापन तथा अतिक्रमण हटाउने काम सुरु गरेको छ । सडक तथा सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा तथा बजारको संरचना हटाउन सुरु गरेको हो । सार्वजनिक क्षेत्र मिचेर व्यवसाय सञ्चालन गर्दा बजार अव्यवस्थित तथा कुरुप बनेको थियो ।
‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण
बीपी राजमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने उद्देश्यले जिल्लाको रोशी गाउँपालिकाले बीपी राजमार्गछेउमा ‘डम्फु पार्क’ निर्माण सुरु गरेको छ ।
चाडबाड मनाउन बालुवाको भर
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ११ का रामबहादुर माझी इन्द्रावती नदीको बगरमा टिप्परमा बालुवा लोड गर्दैगर्दा भेटिनुभयो ।
देवीका मन्दिरमा भक्तजनको भीड
हिन्दु धर्मावलम्बीहरूको महŒवपूर्ण पर्व विजयादशमीको सातौँ दिन आइतबार मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेका देवीका मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ ।
लघु बीमाका लागि ३१ कम्पनीको आवेदन
न्यून आय भएका व्यक्तिलाई बीमाको दायरामा ल्याउन लघुु बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको छ । लघु बीमा सञ्चालन गर्ने अनुमतिका लागि ३१ वटा कम्पनी इच्छुक देखिएका छन् ।
दशैँमा काठमाडौँ महानगरपालिका चिटिक्क पारिँदै
काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
सिकाली जात्राको हर्षोल्लास
ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीको दिनमा देवी देवताको नाच गरिन्छ ।
तेल दल्ने साँघु लोप हुँदै
तामाकोसी नदीका तेल दल्ने साँघु लोप हुन लागेकोमा जमानामा निजी लगानी गरेर निर्माण गर्नेलाई भन्दा स्थानीयवासीलाई चिन्ता लागेको छ ।
नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु
नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो ।
भोटेचौरमा २५ युवाको व्यावसायिक अर्ग्यानिक कृषि फार्म
पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।
ज्येष्ठ नागरिकहरू सम्मानित
वर्तमान सरकारले सामाजिक सुरक्षा भत्ता लिने ७० वर्षको उमेरलाई घटाएर ६८ वर्षमा झारेको छ ।
सदरमुकाममैै छैन बसपार्क
दोलखा जिल्लाको सदरमुकाम चरीकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनले जथाभावी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओराल्ने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
दशैँभर टिप्पर चलाउन रोक
चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दशैँ अवधिभर काभ्रे जिल्लाभर टिप्पर सञ्चालन गर्न रोक लगाइएको छ । दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिप्पर नचलाउने निर्णय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सार्वजनिक यातायात व्यवसायीहरूको बैठकले गरेको हो । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार बीपी राजमार्ग भएर पूर्वी जिल्ला जाने सवारीको यान्त्रिक परीक्षण गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न समय तालिका
चाडपर्वमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदेशअन्तर्गतका मकवानपुरसहित चार जिल्लामा चाडपर्वलाई लक्षित गरी शुक्रबारबाट ‘टाइम कार्ड’ लागू गरेको हो ।
चार दिनमा दुई लाख ५९ हजारले उपत्यका छाडे
दशैँ मान्नका लागि चार दिनमा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । शानिबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख किशोर तमाङ्गले बताउनुभयो ।
काठमाडौं महानगरले कुहिने फोहोर फाल्न स्थान पहिचानको काम गर्दै
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ ।
मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल
गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।
पहिराेले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध
‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न
रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
पाठेघरको उपचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को साँगाचोक आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न पाठेघर स्वास्थ्य शिविरमा ग्रामीण भेगका २२६ महिला लाभान्वित भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा शिर मेमोरियल अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा पाठेघरको समस्या भएका महिलाले उपचार पाएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शिविरमा पाठेघरको मुखको क्यान्सर, पिसाब चुहिने रोगको पहिचान र उपचार, भिडियो एक्स–रेलगायतका विभिन्न रोगको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो । नगर स्वास्थ्य प्रमुख शिव पुरीले
हेटौँडामा डेङ्गु महामारी भएन नियन्त्रण र उपचार प्रभावकारी
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा डेङ्गु रोग सङ्क्रमणले महामारीको रूप लिएको छ । डेङ्गु रोग सङ्क्र