• ६ वैशाख २०८२, शनिबार

बुवाको काजकिरिया छोरीले गरिन्

blog

बाबुको किरियामा बस्नु भएकी व्यास नगरपालिका–२ दमौलीकी प्रतिक्षा पन्थ । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ६ गते । छोरी किरियामा बस्नु हुँदैन भन्ने सामाजिक मान्यतालाई तोड्दै तनहुँको दुई महिला किरिया बस्नु भएको छ ।

छोराले मात्र दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै व्यास नगरपालिका–२ सत्यवतीलाइन, दमौलीकी प्रतिक्षा पन्थ र सुमिक्षा पन्थ  बुबाको किरियामा बस्नु भएको हो । बुबा प्रकाशराज पन्थको  चैत २८ गते निधन भएपछि उहाँ किरिया बसिरहनु भएको छ । 

प्रतिक्षाले भन्नुभयो, “छोरा र छोरी दुवै बराबरी भएकाले बुबालाई दागबत्ती दिनको साथै किरियामा बसेको हुँ ।” सामाजिक रुपमा रहेको कुसंस्कारलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने हुँदा किरियामा बसेको प्रतिक्षाले बताउनुभयो । स्वर्गीय प्रकाशको ठुलो दाजु अशोक पन्थ पनि किरियामा बस्नु भएको छ । ठुलो बुबा किरियामा बसेपछि छोरी बस्न पर्दैन भने पनि छोरीको पनि छोरासरह कर्तव्य हुने भएकाले किरियामा बसेको प्रतिक्षा बताउनुहुन्छ । सुमिक्षा पन्थ किरिया बसेकै बेला महिनाबारी भएकोले उहाँको कर्म रोकिन पुगेको छ ।