अविनाश चौधरी
धनगढी, जेठ २५ गते । कैलालीमा आज स्कुटर दुर्घटनामा परी धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको ज्यान गएको छ ।
धनगढीबाट अत्तरियातर्फ जाने क्रममा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुर क्षेत्रमा अनियन्त्रित भएर स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते चौधरीलाई उपचारका लागि तत्काल मायामेट्रो अस्पताल पुर्याए पनि चेकजाँच गरेर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
चौधरीले चलाएको सुपप्र ०१०१२ प. ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा परी स्कुटरमा पछाडि सवार धनगढी उपमहानगरपालिका –१२ का ३२ वर्षीया सीता कुश्मी घाइते हुनुभएको छ ।
उहाँको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।