• १३ असोज २०८१, आइतबार

‘नेपालमा विदेशी लगानी कमजोर बन्दैछ’

देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा

blog

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा । फाइल तस्बिर

काठमाडौं, असोज २९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ।

शनिबार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो।उहाँले नेपाल आर्थिक रूपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गर्नुभयो। 

उहाँले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाउनु भयो।

उहाँले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसभाकाे बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गर्नुभयो।उहाँले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीको गठबन्धन भएको आरोप पनि लगाउनु भयो।

उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउनुभयो।उहाँले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनुभयो।उहाँले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘श्रोत साधनबाट हामी गरिब छैनौँ।नेपालमा विदेशी लगानी कमजोर भएको छ।किन कमजोर हुन्छ ? विदेशी लगानी भित्र्याउनुपर्छ।हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन।देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ।हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ ।’’

उपाध्यक्ष महराले प्रतिगमनकारी शक्ति अहिले पनि सलबलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।