• १५ असार २०८१, शनिबार

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटो फिचर)

blog

तस्बिर न्युज एजेन्सी नेपाल ।

काठमाडौं, असोज २९ गते । तिहार आउन अझै १२ दिन बाँकी छ। तर, बजार डुल्दा झिलिमिली देखिन्छ। यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ। तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ। तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ। 

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ। न त जाडो, न त गर्मी। यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ। सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्। 

धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ। तिहार झिलिमिली बत्ती र फूलको पर्व हो। एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार। तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ। 

फूलको मालाले सिंगारिन्छ। अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन्। 

बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ। तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ। हेरौं तिहारको पूर्वसन्ध्यामा न्युज एजेन्सी नेपालले कैद गरेका राजधानीमा तिहारको झिलिमिलिका केही दृश्य :