• २० साउन २०८२, मङ्गलबार

मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष

blog

मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, साउन २० गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मार्नुभएको थियो ।

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो । 

उहाँले नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गरेर सरकार बनाउनुभएको थियो । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शाह नेतृत्वको सरकारले प्रदेश सभाबाट स्थानीय सेवा ऐन निर्माण गरेर स्थानीय तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान कार्यको सुरुवात गरेको छ ।

सरकारले एक वर्षसम्म गरेको कामको उपलब्धिहरु आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।