काठमाडौँ, साउन १७ गते। शनिबारदेखि सिल्क रोड इकोज् आर्ट युनिटी हर्ट चित्रकला प्रदर्शनी सुरु भएको छ। काठमाडौँको नक्साल स्थित नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानमा आजबाट प्रदर्शन सुरु भएको हो।
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा चित्रकला प्रदर्शनी भएको हो।
सिल्क रोड सिटिज एलायन्स र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाको आयोजनमा प्रदर्शनी भएको हो। प्रदर्शनीमा चीनका १५ जना कलाकारका ६० र नेपालका ४४ कलाकारका चित्र प्रदर्शनीमा राखेको प्रदर्शनीका निर्देशक प्रदीप शाक्यले जानकारी दिनुभयो। प्रदर्शनी १५ दिनसम्म चल्ने छ।