तिलाचन पाण्डे
तम्घास (गुल्मी), साउन २० गते । अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।
कालीगण्डकी करिडोरको रिडी–पुर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ को गरगरे, मुल्क र वडा नम्बर ३ को कनौटामा सडक माथिबाट पहिरो खसेको छ ।
अन्य स्थानका पहिरोहरु हटाइसकिएको र गरगरेको पहिरो हटाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गरगरेमा पहिरो पन्छाउने र खस्ने क्रम निरन्तर जस्तै भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नै पर्ने भए सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न कालीगण्डकी गाउँपालिका गुल्मीले आग्रह गरेको छ । शनिबार रातीदेखि निरन्तर पानी परिराखेकाले जिल्लाका ग्रामीण सडकहरु पन अवरुद्ध हुँदै आएका छन् ।
सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीहरु चल्न सकेका छैनन् ।