शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज २७ गते। शताब्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।
ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले जोशीको शरीरमा अक्सिजन कम भएपछि आईसीयूमा सारिएको जानकारी दिनुभयो।
बुधबार उहाँको खानामा रुचि बढ्नुका साथै दोहोरो कुराकानी गर्न थालेपछि क्याबिनमा सारिएको थियो।
१०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पतालमा भर्ना हुनुभएको थियो। छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा समस्या, युरिन र खकारमा इन्फेक्सन देखिएपछि अस्पतालले एन्टिबायोटिक्स चलाएको पाठकले जानकारी दिनुभयो।