• १३ असोज २०८१, आइतबार

अभिनेता शाहको सुनुवाइ पुनः स्थगित

blog

अभिनेता पल शाह । फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, असोज २६ गते। भिनेता पल शाहको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ। नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुने भनिएकोमा स्थगित भएको हो। यो समेत गरेर शाहको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो। 

यसअघि भदौ १५ र असोज २ गते सुनुवाइ स्थगित भएको थियो। १ नम्बरको जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना डेंगु लागेर बिरामी भएर उपचारमा हुनुहुन्छ। अर्को एक न्यायाधीशलाई डेंगु भएको र एक न्यायाधीश मुख्य निर्वाचन अधिकृत रुपमा निर्वाचनको काममा व्यस्त हुनु भएकोले स्थगित भएको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो। 

गत फागुन ११ गते बालिकाका बुवाले छोरीमाथि शाहले पटक पटक करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो। तर, बालिका र बालिकाका परिवारले बयान फेरेर पल निर्दोष रहेको बताएका थिए। उजुरी परेपछि शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनुभएको थियो। दुई न्यायाधीश बिरामी भएर घर बिदामा रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो। 

कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा छ। नवलपुरले उहाँलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ।