• १५ असार २०८१, शनिबार

बबई र पश्चिम राप्ती नदीमा बाढीले खतराको तह पार गर्‍यो

blog

काठमाडौं, असोज २० गते । केही दिनयताको वर्षाका कारण देशको अधिकांश भूभाग प्रभावित भएको छ। कतिपय नदीमा आएको बाढीले उच्चसर्तकता तह पार गरेको छ भने धेरै स्थानमा सतर्क रहन आग्रह गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

बिहीबार बिहानै बबई र पश्चिम राप्ती नदीमा पानीको सतह खतराको तह नै पार गरेको छ । बबई नदी अन्तर्गत बर्दियामा पानीको सतह ६.५९ मिटर पुगेको छ भने पश्चिम राप्ती अन्तर्गत दाङमा ६.४८ मिटर पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले बबईमा ६.१० र पश्चिम राप्तीमा ६.२ मिटरलाई खतराको तह मान्ने गरेको छ । 

यता नारायणी नदीको चितवन र नवलपरासीमा पनि बाढीको सत बढ्दै गएको छ । त्यस क्षेत्रमा महाशाखाले सूचना जारी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।