• १२ साउन २०८१, शनिबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दशैं

blog

काठमाडौं, असोज १९ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललितपुरको खुमलटारस्थित निजी निवासमा दशैं मनाउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आफूले टीका नलगाए पनि छोरीहरू रेणु दाहाल, गङ्गा दाहाल, बुहारी बिना मगरलगायत परिवारका सदस्यहरूलाई टीका तथा आशीर्वाद प्रदान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

दशैं टीकाको तस्बिर उहाँकी छोरी तथा प्रमुख स्वकीय सचिव गङ्गा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।