• ११ चैत २०८२, बुधबार

प्रधानमन्त्री कप क्रिकेट : मधेश र कर्णाली प्रदेश विजयी

blog

काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश विजयी भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेशले  सुदूरपश्चिमलाई पाँच विकेटले हरायो । जनकपुरमा भएको अर्को खेलमा कर्णालीले कोशी प्रदेशलाई १६ रनले हरायो । 

खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको मधेसले ३३.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

यस्तै जनकपुरमा जितका लागि एक सय ५२ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४४.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा सकेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा एक सय ५१ रनको योगफल खडा गरेको थियो । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।