शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ११ गते । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) मा प्लेबक्स एरेनामाथि फराकिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालास्थित कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले हरायो । हाउण्ड्सको यो पाँचौ जित हो ।
हाउण्ड्सले आठ खेलबाट १३ अङ्क बनाएको । हाउण्ड्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २२–१०, २८–१५, ३४–२९, २१–१८ को नतिजा निकाल्यो ।
हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक २८ स्कोर गर्नुभयो । बुर्जा प्लेअर अफ दि म्याच घोषित हुनुभयो । नेपाल बास्केटबल सङ्घ (नेबा) ले आयोजना गरेको लिगमा आठ टोलीको सहभागिता रहेको छ ।
डबल राउन्ड रोविनका आधारमा सञ्चालित लिगमा कुल ५६ खेल हुने छ । लिगको विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउने छ ।