• १५ असार २०८१, शनिबार

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

blog

काठमाडौं, असोज १८ गते । तलेजु भवानीको मन्दिरमा आज भक्तजनहरुको भीड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एकपटक  महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ । 

कोत, दशैंघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन (आज) बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।


तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।